अर्थतन्त्र

आइतबार सुनचाँदीकाे मूल्य स्थिर

काठमाडाैं । आइतबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ।

आइतबार छापावाला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार पनि सुन यहि भाउमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउमा पनि आइतबार कुनै परिवर्तन भएको छैन । आइतबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत