राजनीति

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन आज फिर्ता लिदैछ ?

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आजकाे बैठकलाई महत्वकासाथ हेरिएकाे छ । 

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी भएको एक केन्द्रिय सदस्यले बताए ।

कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्र समर्थन फिर्ताको तयारीमा पुगेको हो ।

केन्द्रका अध्यक्ष दाहालले शनिबार नै कपिलवस्तुमा आयोजित एक कार्यक्रमा राजनीतिले ‘कोल्टे फेरेको’ र केही दिनभित्रै नयाँ सरकार बनाउने अभिव्यक्ति दिएका थिए ।

शनिबार नै समर्थन फिर्ता लिए तत्कालै राजीनामा दिने प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि ओली इतरका राजनीतिक दल ओलीलाई अविश्वासको प्रस्ताव लगेर संसदमा फेस गर्न बाध्य पार्ने रणनीतिमा छन् ।

तर, अविश्वासको प्रस्ताव अघि बढाएमा ओलीले राजीनामा दिने वा त्यसअघि नै संसद अधिवेशन अन्त्य गर्न सक्ने विकल्प रहेको बताइन्छ । ओलीले राजीनामा संविधानको धारा ७६ मा भएका विभिन्न विकल्पहरूको सरकार बन्ने बाटो खुल्ला हुनेछ । 

माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत