स्वास्थ्य

विश्वभर सक्रिय काेराेना संक्रमित २ कराेड २७ लाख, भारतमा २४ घण्टामा ९३ हजार संक्रमित थपिए

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २७ लाख ६४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । भारतमा मात्रै पछिल्लाे २४ घण्टामा ९२ हजार ९९८ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ५७ लाख २० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड १३ लाख ४४ हजार नाघेको छ भने मृतकको संख्या २८ लाख ५८ हजार ६९३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९७ हजार ३८९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १३ लाख ८३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ६८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ३८ लाख ९४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६९ लाख १९ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड २९ लाख ५३ हजार जना संक्रमितमध्ये १ कराेड १३ लाख ५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ३० हजारभन्दा बढी छन् । हाल १३ लाख १७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २४ लाख ८४ हजार १२७ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६४ हजार ६५५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १६ लाख २७ हजार १२२ जना निको भएका छन् । सक्रिय केस ६ लाख ९२ हजार ३५० मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७७ हजार ७६८ जना पुगेका छन् भने २ लाख ७३ हजार १२३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३१ पुगेको छ भने १ हजार ६१३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत