गाउँ सहर

एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्दैछन् ।

१ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले स्विच थिचेर सडक निर्माणको शिलान्यास गर्नेछन् । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक शिलान्यास हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गत फागुनमा पनि मदन भण्डारी राजमार्गको सुनसरीको धरानदेखि झापाको बाहुनडाँगी खण्डमा निर्माण हुने ३१ वटा पुलको एकैपटक शिलान्यास गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत