गाउँ सहर

राष्ट्रिय गौरवको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना वितरण उद्घाटनमा जे देखियाे

तस्बिरः सूर्य थापा ।

काठमाडाैँ । चैत २० गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम‍ उद्घाटन गरेकी छन् ।

तस्बिरः सूर्य थापा ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर सडक पखाल्छु’ भनेका थिए । भट्टराईकै त्यही भाषणपछि याे आयोजना चर्चामा आएको थियो ।

तस्बिरः सूर्य थापा ।

आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाडाैँ आइपुगेको छ । वर्षौँदेखि काठमाडाैँ उपत्यकावासीले बेहोरेको खानेपानीकाे सङ्कट मेलम्चीकाे पानीले केही राहत दिएकाे छ ।

तस्बिरः सूर्य थापा ।

राष्ट्रिय गौरवको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकामा खानेपानी वितरण आरम्भ गर्न पाएकोमा हर्षित भएको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनकाे दाैरानमा बताएका छन् ।

तस्बिरः सूर्य थापा ।

उनले भनेका छन्- खानेपानी आयोजनाको समुद्घाटन गरिदिनु भएकोमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

गाउँ सहर संवाददाता

तपाईँको मत