गाउँ सहर

गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाईते, हेलिकोप्टरबाट उद्धार

कावासोती । गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाईते भएका छन् ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाईते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिए । गैंडा गणना गर्नेक्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा  राष्ट्रिय प्रकृती संरक्षण कोषका कर्मचारी , ३५ वर्षका विनोद श्रेष्ठ र दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका देवलाल चौधरी घाईते भएको उनले बताए ।

घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाईते मध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको छ । उनको जिल्ला अस्पताल मध्यविन्दुमा सामान्य उपचारपछि हेलिकोप्टरमा उद्धार गरेर काठमाण्डौं लगिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत