कोभिड-१९ भ्याक्सिन डोज लगाएपछि रक्सी खान मिल्छ ?
- गाउँ सहर संवाददाता
- २० चैत शुक्रबार, २०७७ | १५:१४:०० मा प्रकाशित
काठमाडौँ । हुन त अल्कोहल शरीरको लागि चाहिन्छ तर बढी भएपछि अल्कोहलले नियन्त्रण गर्न थाल्दछ ।
भनिन्छ नि “रक्सीलाई खानुपर्छ तर रक्सीले खानु हुँदैन ।” कोभिड-१९ को भ्याक्सिन डोज पश्चात रक्सी खान मिल्छ कि मिल्दैन यो बहसमा आएको पनि थियो र आइरहेकै पनि छ । यस सन्दर्भमा विज्ञका रायपनि जुधेका छन् । उनीहरुले पनि रक्सी खाँदा भ्याक्सिनको साइडइफेक्ट्स कम हुने प्रमाण नपाएको बताउँदै आएका छन् ।
केहि समय अगाडि रुसको भ्याक्सिन स्पूतनिक-भी लाई लिएर त्यहाँको सरकारले रक्सीको प्रयोग नगर्न भनेको थियो । उनीहरुले रक्सीले इम्यूनिटी कमजोर पार्ने राय व्यक्त गरेका थिए । यसै विषयमा पनि निर्देशन त जारी नेपाल सरकारले गरेको छैन तर नखाँदा राम्रो हुने बताएका छन् ।
तर भर्खरै बेलायतको मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले अल्कोहलले कोभिड-१९ भ्याक्सिनलाई इफेक्टिभनेस प्रभावित गर्नसक्ने कुरा बताएको छ । तर यसको पनि प्रमाण चाहिँ उसले नभएको बताएको छ ।
तर एउटा कुराचाहिँ के सत्य र प्रमाणित छ भने सन् २०१२ मा स्वीडेनमा भएको अध्ययनले रक्सी पिउनेहरुमा कुनैपनि इम्यून रेस्पोन्स नदेखिएको नतिजा निकालिएको थियो । अनुसन्धानकर्ताले औसत ३० मिली लिटर रक्सीलाई कारण मानेको थियो ।
अहिलेसम्म गरिएका अनुसन्धानका जतिपनि अध्ययन भए, त्यसले यो बताउँछ कि धेरै रक्सी पिउनेमा इन्फेक्शनको खतरा बढी रहन्छ । अक्सफोर्ड विश्वविद्यालयका डा. पल क्लेनरमेनका अनुसार— जो व्यक्ति लामो समयसम्म रक्सी पिउँछ उसको निश्चित रुपमा इम्यूनिटीमा असर पुग्दछ । तर उनले कति मात्राको रक्सीले ? भन्ने कुराचाहिँ स्पष्ट गरेका छैनन् ।
जे भएपनि सावधानी जरुरी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस