विश्व

यसरी भएकाे थियाे ताइवानमा शुक्रबार रेल दुर्घटना

  • एजेन्सी
  • २० चैत शुक्रबार, २०७७ | १२:५४:०० मा प्रकाशित
तस्बिर : सेन्ट्रल न्युज एजेन्सी

ताइपेई । ताइवानमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तीमा ३६ जना मारिएको बताइएको छ । चार दशककै सबभन्दा ठूलो मानिएको रेल दुर्घटनामा ७२ जनाभन्दा बढी घाइते भएको त्यहाँको सेन्ट्रल न्युज एजेन्सी (सीएनए) ले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ट्रकलाई ठक्कर दिएपछि उक्त रेल सुरुङभित्र लिकबाहिर गएर दुर्घटनामा परेको थियो । ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।

८ वटा डिब्बा रहेको उक्त रेलका केही डिब्बा सुरुङभित्रै रहेका छन् । अझै पनि केही यात्रु भित्रै फसिरहेको र उनीहरुको उद्धार भइरहेको बताइएको छ । सामान्य घाइते भएका ६१ यात्रुलाई भने अस्पताल लगिएको सीएनएले जनाएकाे छ ।

एजेन्सी

तपाईँको मत