गाउँ सहर

मोटरसाईकल चोरीमा संलग्न २ जना अभियुक्त पक्राउ

सुनसरी । मोटरसाईकल चोरीमा संलग्न रहेको आभियोगमा २ जनालाई इनरुवा नगरपालिका-२ स्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गढी गाँउपालिका-१ बस्ने २० वर्षीय महमद सुभान र १९ वर्षीय महमद असफर रहेका छन् । उनीहरूले इनरुवा नगरपालिका-१ शान्ति चोकमा पार्किङ गरी राखेको रामधुनी नगरपालिका-७ बस्ने कुल बहादुर बस्नेतको नाममा दर्ता भएको को.१४ प ९० नम्वरको मोटरसाईकल चोरी गरी लैजाँदै गर्दा इनरुवा नगरपालिका-२ नजिक सार्वजिक बाटोमा गाईलाई ठक्कर दिई दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोटरसाईकल सहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत