खेल

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडाैं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ ।

समूह 'बी' मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ  भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ । यस्तै दिउँसो साढे तीन बजे वीरगञ्ज युथ एकेडेमी र मनोहरा युनाइटेड क्लबबीच खेल हुँदैछ ।

समूह 'ए'को वीरगञ्जले चार खेल खेल्दै ९ अङ्क बनाएको छ भने मनोहराले पाँच खेलबाट ९ अङ्क नै बनाएको छ । 

लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत