स्वास्थ्य

विश्वभरमा काेराेनाका ०.४% बिरामी गम्भीर, ९९.६% काे अवस्था मध्यम

काठमाडाैँ । विश्वभरमा काेराेनाका ०.४% बिरामी गम्भीर छन् भने ९९.६% काे अवस्था मध्यम रहेकाे छ ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार भाइरसका कुल संक्रमितकाे संख्या १३ कराेड १ लाख ५७ हजार १९१ पुग्दा स्वास्थ्य लाभ गर्नेकाे संख्या १० कराेड ४८ लाख ८३ हजार १५१ छ । यसमध्ये २८ लाख ३९ हजार ९८७ काे भने मृत्यु भएकाे छ । अन्य ९६ हजार ७२३ बिरामीकाे अवस्था गम्भीर छ ।

कोरोनाका कारण बढी प्रताडित पाँच मुलुकहरुमा अमेरिका, ब्राजिल, भारत, फ्रान्स र रसिया रहेका छन् ।

नेपाल अहिले इन्फोको ५० नम्बरमा छ । अहिलेसम्म भाइरसका कारण ३ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् । देशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५७९ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत