वातावरण

तुवाँलाे हट्न समय लाग्ने, यस्ताे छ शुक्रबारकाे माैसम

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।

महाशाखाकाअनुसार चैत्र २० गते (शुक्रबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत