खेल

किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट फुटबल खेलाडीको मनोनयनमा

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट फुटबल खेलाडीको मनोनयनमा परेका छन् ।

एसियाली फुटबल सङ्घले जारी गरेको एसियाका दश उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जोङ पर्न सफल भएका हुन् ।

एसियाली फुटबल सङ्घले ‘एएफसी साताको राष्ट्रिय खेलाडी’को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा युनाइटेड अरब एमिरेट्सका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, सऊदी अरबका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ रहेका छन् ।

एसियाली फुटबल सङ्घले बिहीबार सूची सार्वजनिक गरेको छ । मनोनयनमा परेका  दश खेलाडीलाई ‘एएफसी इन्टिरनेशनल प्लेयर अफ द विक’का लागि मतदान खुला गरेको छ ।

एएफसीको वेबसाइटमा अप्रिल चारसम्म अनलाइन माध्यमबाट आफ्नो रोजाइको खेलाडी चयन गर्नका लागी मतदान गर्न सकिने छ ।

किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट फुटबल खेलाडीको मनोनयन

गाउँ सहर संवाददाता

तपाईँको मत