अर्थतन्त्र

सुन आयातको सिमालाई बढाएर दैनिक २० केजीसम्म आयात गर्न पाइने

काठमाडाैं । सुन आयातको सिमा बढेको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुन आयातको सिमालाई बढाएर दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।

यस अघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था थियो । व्यवसायीहरुले सुनको माग धान्न मुस्किल परेको भन्दै सुन आयातको कोटा बढाउन आग्रह गरेपछि केन्द्रिय बैंकले सुन आयात बढाएको हो ।

सुनको आयात नै थोरै भएपछि नेपाली बजारमा सुनको अभाव बढ्न थालेको थियो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने जोखिम बढेपछि राष्ट्र बैंकले व्यवसायीको माग सम्बोधन गरेको हो।

चालु आर्थिक वर्षको आठ महिनामा १६ अर्ब रुपैयाँ भन्दा धेरैको सुन आयात भएको छ । तथ्याँक अनुसार फागुन मसान्तसम्ममा २३ लाख ग्राम अर्थात २३ सय केजी सुन आयात भएको हो। जसको मूल्य १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत