राजनीति

राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्

काठमाडाैँ। जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग जोड्न नहुने बताएका छन्।

उनले सो कुरा आफ्नो ट्विटमार्फत बताएका हुन्।

ट्विटमा उनले भनेका छन्— रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए? जसपाले ओलीतन्त्रको घाँस खान्न! चेतना भया!

गाउँ सहर संवाददाता

तपाईँको मत