खेल

आहा राराको उद्घाटनमा आयोजक र एपीएफ भिड्ने

पोखरा । मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक सहारा क्लब पोखराले बुधबार पत्रकार सम्मेलन गर्दै १९ औ संस्करणको उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने जनाएको छ ।

पोखरा रंगशालामा हुने प्रतियोगिता चैत २१ देखी २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

यस संस्करणमा नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

गत संस्करणमा मनाङ मस्याङ्ग्दीले नेपाल पुलिस हराएर उअप्धि जितेको थियो ।

आयोजकले दर्शकको लागि टिकट दर समेत राखेको छ । क्वाटरफाइनल खेलका लागि १ सय ५०, सेमिफाइनल खेलका लागि २ सय र फाइनल खेलका लागि ३ सय टिकट दर राखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत