स्वास्थ्य

संक्रमितकाे संख्या १२ कराेड ९४ लाख ५४ हजार ४४० पुग्दा स्वास्थ्य लाभ गर्ने १० कराेड ४४ लाख ७९४

काठमाडाैँ । विश्वभरमा काेराेनाका ९६ हजार ४५९ बिरामीकाे अवस्था गम्भीर छ ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार भाइरसका कुल संक्रमितकाे संख्या १२ कराेड ९४ लाख ५४ हजार ४४० पुग्दा स्वास्थ्य लाभ गर्नेकाे संख्या १० कराेड ४४ लाख ७९४ छ । यसमध्ये २८ लाख २७ हजार ४२६ काे भने मृत्यु भएकाे छ । अन्य ९६ हजार ४५९ बिरामीकाे अवस्था गम्भीर छ ।

कोरोनाका कारण बढी प्रताडित पाँच मुलुकहरुमा अमेरिका, ब्राजिल, भारत, फ्रान्स र रसिया रहेका छन् ।

नेपाल अहिले इन्फोको ५० नम्बरमा छ । अहिलेसम्म भाइरसका कारण ३ हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । देशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ४९३ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत