अर्थतन्त्र

शेयर बजार उकालाे लाग्दा लगानीकर्ता उत्साहित, नेप्से उच्च विन्दु नजिक

काठमाडाैं । बुधबार शेयर कारोबारमा आएका १११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ । १९ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।

नेप्से सूचक ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.४८ अंकले बढेर ४६३ विन्दुमा पुगेको छ ।

शेयर कारोबार प्रणाली टिएमएसमा समस्या आँउदा एक घण्टा ढिलोसम्म कारोबार भएको बजारमा २०९ कम्पनीका १ करोड १२ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । बजार बढेपछि कारोबार पनि सुधार आएको छ ।

यसदिन पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । यस दिन महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको हो ।

राईराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बोटलर्स नेपाल (तराई) र यूनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सबैभन्दा धेरै एचाआइडिसिएलको ३६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको ३१ करोड ९७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको ३० करोड २६ लाख नबिल बैंकको २४ करोड ७ लाख र एनआइसी एशिया बैंकको १३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत