नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
- गाउँ सहर संवाददाता
- १८ चैत बुधबार, २०७७ | १३:१२:०० मा प्रकाशित
काठमाडौं । विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले सन् २०२१-२२ माा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । साथै २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र रिकभरी हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार विज्ञप्ती जारी गर्दै दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।
साथै बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ ।
कोरोना महामारीका कारण ठप्प प्रायः भएको आर्थिक गतिविध र व्यवसायमा घटेको आम्दानी र लाखौंले रोजगारी गुमाउँदा त्यसको असर अर्थतन्त्रमा परेको थियो ।
विश्व बैंकले कोरोना भाइरविरुद्धको भ्याक्सिन उपलब्धासँगै अर्थतन्त्र रिकभरीको बाटोमा हिँडेको बताएको छ ।
दक्षिण एशियामा सबैभन्दा बढी सन् २०२१–२२ मा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकको छ ।
दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारणले भएको विश्व बैंकले जनाएको छ । । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकोले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुर्याएको विश्व बैंकको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस