अर्थतन्त्र

कति मूल्यमा हुँदैछ सुनचाँदीकाे काराेबार

काठमाडाैं । बुधबार सुनको मूल्य नेपाली बजारमा घटेको छ । मंगलबार तोलाको ५०० रुपैयाँले घटेर कारोबार भएको सुनको भाउ बुधबार थप ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि मंगलबारको तुलनामा बुधबार तोलामा थप २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँ, तेजावी ८५ हजार १५० रुपैयाँ र चाँदी तोलाको १ हजार १९५ रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार तोलामा ५०० रुपैयाँले घट्दै छापावाला सुन ८६ हजार रुपैयाँ, तेजावी ८५ हजार ५५० रुपैयाँ र चाँदी तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत