प्रेरणा

आफ्नो राम्रो स्वभाव कसैकाे कारण परिवर्तन नगर्नुहोस्, अरुलाई आफैँमा हावी हुनपनि नदिनुहोस्

काठमाडौँ । हाम्रो मौलिकतामा अन्य व्यक्तिको असर पर्नुहुँदैन । हामी अर्काको कारण क्रोधित हुन थाल्दछौँ र अर्काद्वारा सञ्चालित हुन थाल्दछौँ । यस्तो हुनु हुँदैन । हामी जस्तो छौँ, त्यस्तै रहौँ । कसैले भन्दैमा आफ्ना राम्रा कुरा परिवर्तन गर्नु हुँदैन ।

यसै सन्दर्भमा याे कथा मनन गराैँ ।

प्राचिन समयमा एकजना राजालाई हिरा खरिद गर्ने ठूलो शौख थियो । एकदिन उनको दरबारमा हिराको ठूलो व्यापारी आए । व्यापारीले दरबारमा दुई समान हिरा राखे र भने— यी दुइमा एक नक्कली र एक सक्कली हुन् । तपाईंका दरबारमा ठूला ठूला पारखी छन्, राजन तपाईं स्वयं हिराको पारखी हुनुहुन्छ । के तपाईं या तपाईंको दरबारमा रहेका कुनै व्यक्ति यी दुई हिरामध्ये सक्कली पहिचान गर्न सक्नुहुन्छ ?

दुबै हिरा समान थिए, आकारपनि उहि नै थियो । छुट्याउन कोहिपनि अगाडि बढिरहेका थिएनन् । राजालाई पनि गाह्रो भइरहेको थियो । सो समय एकजान बुढा व्यक्ति, जो अन्धा थिए उनी अगाडि बढे र दुबै हिरा समातेर ध्यान गर्न थाले ।

अन्धा व्यक्तिले एउटा हिरा तल राखे र अर्को हिरा व्यापारीको हातमा दिए । व्यापारी अन्धा व्यक्तिको पारखबाट खुसी भए र उनले भने— अचम्म भयो, उनले देख्दैनन, तर यीनले असली हिरालाई सजिलैसँग पहिचान गरे ।

राजाले अन्धा व्यक्तिसँग सोधे— तपाईंले असली हिरालाई कसरी चिन्नुभयो ?

अन्धा व्यक्तिले भने— राजन सिधा कुरा छ । असली हिरा नजिकको वातावरणमा चिसो वा गर्मीको असर हुँदैन । त्यसको आफ्नै स्वभाव हुन्छ । हिरा प्रकृतिबाट आफ्नो अलग सन्तुलन बनाएर रहन्छ । मौसमबाट प्रभावित हुँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत