तेस्रो आइएमई टेनिस प्रतियोगिता मंगलबारबाट शुरु
- गाउँ सहर संवाददाता
- १७ चैत मंगलबार, २०७७ | १९:४५:०० मा प्रकाशित
काठमाडाैं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ शुरु भएको छ ।
मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा उक्त प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आइएमई ग्रुपलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलप्रेमि खेलाडीहरूको उपस्थिती रहेको थियो ।
चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रील ४ सम्म) आयोजना हुने उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका १ सय ५ जना खेलाडीहरूले भाग लिनेछन् ।
टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगतचार वर्षदेखि गर्दै आइरहेको छ ।
गत वर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु-याउँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस