सिटिजन लाइफ इन्स्याेरेन्सले गर्याे एकैदिन दुईवटा बीमा दाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- १७ चैत मंगलबार, २०७७ | १९:५८:०० मा प्रकाशित
बिर्तामाेड, झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले एकैदिन दुई वटा बीमा दाबी भुक्तानी गरेकाे छ ।
सहकारीमार्फत् ऋण लिएका दुई बीमितकाे ऋण बीमा वापतकाे बीमा रकम इन्स्याेरेन्स कम्पनीले भुक्तानी गरेकाे हाे ।
कम्पनीले एरिया ब्राञ्च मेनेजर उत्तम काेइराला तथा चन्द्रगढी शाखा प्रमुख पिपिन राईले दुवै बीमा दाबी रकम वापतकाे चेक क्रमश: सिम्रिक साकाेस चन्द्रगढी शाखा तथा किच्चकबध साकाेस पृथ्वीनगरमा हस्तान्तरण गरेका हुन् ।
सिम्रिक साकाेस चन्दगढी शाखामार्फत् सिटिजन लाइफमा ऋण बीमा गरेकी संगीता नेपाली दर्जीकाे निधन भएकाेमा ऋण वापतकाे रकम तथा काजक्रीया खर्चसमेत गरि दश लाख दश हजार सिम्रिक साकाेस चन्द्रगढी शाखा प्रबन्धक अमन पाैडेललाई हस्तान्तरण गरिएकाे हाे ।
त्यसैगरि किच्चकबध साकाेस पृथ्वीनगर शाखामार्फत् ऋण बीमा गरेकी रेनी मर्डी बास्केकाे निधन भएकाेमा ऋण वापतकाे रकम तथा काजक्रीय खर्चसहित पाँच लाख दश हजार किच्चकबध साकाेसका अध्यक्ष बुद्धिप्रसाद खरेललाई हस्तान्तरण गरिएकाे थियाे ।
एरिया ब्राञ्च मेनेजर उत्तम काेइरालाले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैँ बीमितको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
स्मरण रहाेस् आइपिओ निष्कासनकाे तयारीमा रहेकाे सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले १ सय २५ शाखामार्फत् बीमितहरूलाई सेवा प्रदान गर्दै आएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस