३२ अंकले नेप्से सूचक बढ्दा २५७५ बिन्दुमा पुग्याे
- गाउँ सहर संवाददाता
- १७ चैत मंगलबार, २०७७ | १५:३९:०० मा प्रकाशित
काठमाडौं । मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ अंकले बढेर २५७५.६६ बिन्दुमा पुगेको छ ।
कूल २०९ कम्पनीको ६८ हजार ६४५ पटक करोबार भएको छ । १ करोड २२ लाख ९ हजार ९७६ कित्ता कारोबार हुँदा ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ ।
मंगलबार कारोबारमा आएका ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा तीनवटा निर्जिवन बीमा कम्पनी र तीनवटा माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।
यस दिन कारोबारमा आएकामध्ये १२५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ कम्पनीको शेयरमूल्य घटेको छ। २० कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।
यूनाइटेड इदी मर्दी हाइड्रोपावर र नेपाल पूर्वाधार बैकको सेयरकाे मूल्य सबैभन्दा धेरै घटेको छ ।
सबैभन्दा धेरै नेपाल इन्फ्रास्टक्चर बैंकको ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस