स्वास्थ्य

पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु, नयाँ थपिए १६७ काेराेना संक्रमित, निको भए ११५

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित १६७ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ । 

कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या तीन छ । योसहित कुल मृतकको संख्या ३ हजार ३० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या ११५ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ । 

मन्त्रालयका अनुसार आजसम्म २२ लाख ६७ हजार ४०८ को पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा १ हजार ३९० र क्वारेन्टाइनमा रहनेको संख्या ५३ छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत