वातावरण

अबको तीन दिन हाल कायम वायु प्रदूषण पूर्णरुपमा हट्ने देखिँदैन

काठमाडौँ । वायु प्रदूषण तत्काल हट्ने र मौसम सफा हुने सम्भावना तत्काललाई नरहेकाले सावधानी अपनाउनु पर्ने मौसम तथा वातावरणविदले बताएका छन् ।

वायुको गतिविधि विगतका दिनमा भन्दा मंगलबार केही बढेको भए पनि वायुमा रहेको प्रदूषण बढार्ने सम्भावना भने नदेखिएको मौसमविदले बताएका हुन् ।

उनीहरूकानुसार, वायु मण्डल सुस्त गतिमा केही सफा हुने जस्तो भए पनि हाल कायम रहेको धुलोको तुँवालो तथा धुँवासहितको प्रदूषण पूर्णरुपमा हट्ने गरि मौसमी प्रणाली विकास भएको छैन ।

स्वास्थ्य तथा वातावरण विदले अहिलेको वायु प्रदूषण निकै घातक रहेको र यो समस्या समाधानका लागि सरकारी प्रयास अनि कमजोर रहेको भन्दै आलोचना गरेका छन् ।

यहि बिचमा मौसमविदले कम्तीमा अबको तीन दिन हाल कायम वायु प्रदूषण पूर्णरुपमा हट्ने खालको मौसमी प्रणाली नदेखिएकाले सावधानी अपनाउन भनेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत