राजनीति

एकता खारेजकाे पुनरावलोकनका लागि प्रचण्डले सर्वोच्चमा दिएको निवेदन (पूर्णपाठसहित)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।

'प्रचण्ड'सहित शीर्षस्थ नेताहरू सर्वोच्च अदालतमा पुगेका थिए । उनीसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पाेखरेल, वर्षामान पुन, पम्फा भुसाललगायत सहभागी थिए ।

प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् ।

अहिले पनि उक्त फैसला पुनरावलोकन हुने विश्वास आफूहरुको रहेको प्रचण्डले बताए ।

गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत