स्वास्थ्य

कोरोना भ्याक्सिन : फाइजर र मोडर्नाको पहिलो डोजले ८०% र दोस्रो डोजले ९०% जोखिम कम

काठमाडौँ । कोरोनाको दोस्रो लहरबीच फाइजर र मोडर्ना कम्पनीको भ्याक्सिनलाई लिएर राम्राे खबर छ ।

अमेरिकामा गरिएको अध्ययनले दुबै कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोजपछि धेरै प्रभावकारी रहेको दावी गरेको छ । यी भ्याक्सिनको पहिलो डोज दिएको हप्ता दिनपछि संक्रमणको खतरा ८०% सम्म कम हुन्छ । यस्तै दोस्रो डोजपछि जोखिम ९०% सम्म घट्ने उल्लेख छ ।

यो तथ्यांक अमेरिकाका ती ४ हजार व्यक्तिमा गरिएको अध्ययनबाट सार्वजनिक भएको हो जसलाई भ्याक्सिन लगाइएको थियो । यसमा स्वास्थ्यकर्मी पनि सहभागी थिए । यो अध्ययन यूएस सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसीले गरिको हो । यसमा संक्रमणबाट बचाउनमा कति प्रभावकारी हुन्छ भनेर मुल्यांकन गरिएको थियो । सिडिसीका निर्देशक रोशेल वेलेन्स्कीका अनुसार- यो अध्ययनबाट भ्याक्सिनको प्रभावकारीता सावित भएको छ ।

यो अध्ययन १४ डिसेम्बर २०२० देखि १३ मार्च २०२१ को समयमा गरिएको थियो । सोमबार नतिजा प्रकाशन गरिएको थियो । यो अध्ययनमा दुबै कम्पनीका क्लिनीकल ट्रायल्सको तथ्यांकलाई पनि समावेश गरिएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत