गाउँ सहर

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ ए वानमा क्रमश: कार्की, गुरूङ र सापकाेटा निर्वाचित

तस्बिरमा बाँयाबाट क्रमश: लायन्स इन्टरनेशनल डाइरेक्टरका उम्मेद्वार खगेन्द्रप्रसाद सिटाैला, डिष्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा कर्म गुरूङ र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर नरनाथ सापकाेटा दम्पतिसहित ।

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको नवाैं महाधिवेशनले डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गरेको छ । साथै  भेलाले लायन्स इन्टरनेशनल डाइरेक्टरमा ए वानबाट उम्मेद्वार पठाउने निर्णय गरेकाे छ । 

शनिबार काठमाडाैंकाे प्रज्ञा भवनमा महाधिवेशनबाट सन् २०२१-२२ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन रेवतबहादुर कार्की, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा कर्म गुरूङ र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन नरनाथ सापकाेटा 'एस भाेट' पाएर विजय भएका छन् ।

साथै उक्त भेलाले लायन्स इन्टरनेशनल डाइरेक्टरमा पूर्व काउन्सिल चियरम्यन तथा ग्लाेबल एक्सन टीम लिडर (GAT) खगेन्द्रप्रसाद सिटाैलालाई उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । 

नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन रेवतबहादुर कार्कीले गाउँ सहरसँग कुरा गर्दै भने- 'पहिलाे कुरा त यस काेराेना भाइरसकाे त्रासकाे विषम परिस्थितिमा पनि नवाैं महाधिवेशन सफल गराउनु भएकाेमा म लायन डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठ र लायन्स मित्रहरूलाई विशेष धन्यबाद दिन चाहन्छु । आगामी दिनहरूमा अग्रजहरू तथा लायन्स लिडरहरूकाे सल्लाह र सुझाव लिएर कार्ययाेजना बनाइ सेवामा लाग्नेछु । आज प्राप्त भएकाे मतले मलाई थप जिम्मेवारी काँधमा आएकाे छ । भाेलीका दिनमा लायन्स मित्रहरूले दिएकाे जिम्मेवारी निष्पक्ष ढंगले अगाडि बढ्नेछु । साथै याे काेराेनाकाे महामारीमा यसअघि पनि सेवा प्रदान गरेकै हाे र आगामी दिनमा पनि हामी संस्थाागत व्यक्तिगत रूपमा जसलाई आवश्यकता हाे उनीहरूकाे सेवामा समर्पित हुनेछु । सबै लायनहरूकाे सामुहिक नेतृत्वमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।' 

त्यसैगरि, फस्ट भाइस डिस्ट्रिक गभर्नर पदमा विजयी लायन कर्म गुरुङ्गले सम्पूर्ण लायन्स साथीहरूलाई नवाैं महाधिवेशन सफल बनाउन सहयाेग गरि विजय गराउने लायन लिडरप्रति धन्यबाद व्यक्त गर्दै गाउँ सहरसँग कुरा गर्दै भने- 'म सामाजिक सेवामा तल्लीन व्यक्ति भएकाले लायनवादमा लागेकाे हुँ । त्यसैले हामीले आफूभन्दा कम भाग्यशाली व्यक्तिहरूलाई सेवा गर्ने हाे । मलाई फस्ट भाइस डिस्ट्रीक गभर्नर पदमा निर्वाचित गराएर थप भारी बाेकाउनु भएकाे छ । म अघि लागेर भारी बाेक्न तयार छु । सामुहिक नेतृत्वमा विश्वास गर्ने भएकाले सम्पूर्ण लायन्स मित्रहरूकाे सहयाेगमा अघिल्लाे वर्ष पनि हाम्राे डिष्ट्रिक्ट विश्वकै उत्कृष्टमा पर्न सफल भएकाे थियाे भने यसपटक पनि हामीले काेराेनाकाे कहरमा झन बढि जिम्मेवारीका साथ काम गर्नुपर्ने बेला आएकाे छ । साेही अनुरूप म र हामी सबै एकै भएर लाग्नेछाै भन्ने विश्वास दिलाउन चाहन्छु ।'

सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा विजयी नरनाथ सापकाेटाले लाइनिजममा लामाे यात्रापछि थप जिम्मेवारी बाेध भएकाे उल्लेख गरे । सापकाेटाले भने, 'राज्यलाई पर्ने हरेक दुःख पीडामा लायन्सले साथ दिएको छ । प्राकृतिक विपत्तीमा होस अथवा जुनसुकै अवस्थामा लायन्सले दुःखी पीडितको उद्धार तथा राहतमा सक्रिय सहभागिता देखाएका छन् ।नेपालमा शिक्षा, स्वास्थ्य क्षेत्रमा लायन्स मार्फत बढी काम भइरहेको छ । आँखाको क्षेत्रमा लगातार काम भएका छन् । दादुरा रुबेला नियन्त्रणमा समेत लायन्सले नेपालमा महत्वपूर्ण योगदान पुर्याएको छ । त्यसैले म सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा विजयी भएपछि अझ कामप्रति अहाेरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।'

वर्तमान डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठले निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना दिँदै आगामी दिनमा निर्वाचित सबै लायन लिडरहरूसँग सहकार्य गर्दै सिकेका अनुभव साटासाट गर्ने बताए । 

अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करिब १० करोड भन्दा बढी मानिसहरूलाई लायन्सले भोक, रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरेका थिए ।

विश्वमा करिब १४ लाख लायन्सका स्वयमसेवक सदस्यहरू कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका चारवटा डिष्ट्रिक्टमा ३४ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।

कार्यक्रममा लायन्स क्लबमा रहेका काम गर्नुहुने विभिन्न अग्रज व्यक्तित्वहरुले आ-आफ्ना धारणा राखेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत