स्वास्थ्य

कोरोनालाई १० करोड ३४ लाख बढीले हराए, २८ लाख माथिको मृत्यु

काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वमा १२ करोड ८२ लाख ३० हजार ६२३ व्यक्तिहरु संक्रमित हुँदा १० करोड ३४ लाख ३८ हजार ७८९ जनाले भाइरसलाई हराएका छन् । तर यसमध्ये २८ लाख ३ हजार ९८८ जनाले भने ज्यान गुमाएका छन् ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार भाइरसका २ करोड १९ लाख ८७ हजार ८३७ केश सक्रिय छन् । यसमा ९४ हजार ६६६ जनाको अवस्था भने गम्भीर छ ।

कोरोनाका कारण बढी प्रताडित पाँच मुलुकहरुमा अमेरिका, ब्राजिल, भारत, फ्रान्स र रसिया रहेका छन् ।

नेपाल अहिले इन्फोको ५० नम्बरमा छ । अहिलेसम्म भाइरसका कारण ३ हजार २७ जनाले ज्यान गुमाइसकेका छन् । देशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३४१ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत