अर्थतन्त्र

साेमबार ८२ वटा कम्पनीको सेयर मूल्य बढ्याे, १०२ को घट्दा १८ वटा कम्पनीको सेयर मूल्य स्थिर

 काठमाडाैं । सोमबार नेप्सेमा ५.४५ अंकको समान्य गिरावट सहित २५४३.५२ मा नेप्से बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि केही गिरावट देखिएको छ ।

यस दिन २०९ कम्पनीको ६४ हजार ५१५ पटकको करोबारमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

 आज ८२ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यसैगरी १०२ कम्पनीको सेयर मूल्य घट्दा १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन उन्नती सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

चन्द्रागिरी हिल्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१७ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन माउन्टेन हाइड्रोको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत बढेको छ भने लघुवित्तको ०.९६ प्रतिशत र वित्तको ०.४५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४४ करोड ३१ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत