अर्थतन्त्र
राष्ट्र बैंकले आज ८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै
- गाउँ सहर संवाददाता
- १६ चैत सोमबार, २०७७ | ०९:२१:०० मा प्रकाशित
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ ।
केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल सोमबार बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ ।
सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।
यस्तै १८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी अशोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस