स्वास्थ्य

विश्वभर काेराेना : १२ कराेड ७७ लाख संक्रमित, १० कराेड २९ लाख निकाे, २७ लाख ९६ हजारकाे मृत्यु

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २० लाख १८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड २९ लाख ५० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड ७७ लाख ६४ हजार नाघेको छ भने मृतकको संख्या २७ लाख ९६ हजार ८७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९३ हजार ६१५ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ९ लाख ६२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ६२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ३४ लाख १० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६९ लाख ८९ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड २५ लाख ३४ हजार जना संक्रमितमध्ये १ कराेड ९ लाख १२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख १२ हजारभन्दा बढी छन् । हाल १३ लाख ९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २० लाख ३९ हजार २१२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६१ हजार ८८१ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १३ लाख ५३ हजार ७२७ जना निको भएका छन् । सक्रिय केस ५ लाख २३ हजार ६०२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७६ हजार ८३९ जना पुगेका छन् भने २ लाख ७२ हजार ५३० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार २७ पुगेको छ भने १ हजार २८२ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत