होली खेल्ने क्रममा झडप हुँदा दुईको मृत्यु, १० जना बढी सम्पर्क बिहीन (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- १६ चैत सोमबार, २०७७ | ०७:५२:०० मा प्रकाशित
काठमाडाैं । फागु खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछि भएको झगडामा बाग्लुङमा दुई युवकको ज्यान गएको छ ।
बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई स्थानका युवाहरुविच झडप हुँदा दुई जनाको ज्यान गएको हाे ।
सो घटनामा निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका अन्दाजी ३६ वर्षिय प्रकाश कुँवर र २९ वर्षिय दिपक दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले पुष्टि गरेका छन् ।
मृतकको घटनास्थल नजिकै भिरमा शव भेटिएको थियो । बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुत युवाहरुबीच विवाद हुँदा भएको झडपमा १० जना वढि सम्पर्क विहिन भएको निसिखोला गाउँपालिका वडा नं. ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले बताएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको टोली घटनास्थलमा पुगेको छ भने थप प्रहरी टोली पठाइएको प्रनाउ हवारीले जानकारी दिएका छन् । रातको समय तथा घटनास्थल दुर्गममा भएकोले समस्या भैरहेको प्रहरीले जनाएको छ । (भिडिओ नरेश कँडेलकाे फेसबुकबाट)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस