स्वास्थ्य

कोरोनाको कारण ४० प्रतिशतमा निन्द्रा नआउने समस्या, कसरी समाधान गर्ने ?

Photo Credit : calpsychiatry

काठमाडाैँ । कोरोना महामारी सुरु भएपछि संसारभरका धेरै मानिसहरु राम्ररी सुत्न सकिरहेका छैनन् । रोयल फिलिप नामको एक संस्थाले १३ देशहरुमा निन्द्रासँग रहेर एक सर्वेक्षण गरेको छ । सर्वेले ३७ प्रतिशत व्यक्तिहरुले निन्द्रा बिग्रीएको बताएकाे छ । 

सर्वेमा सहभागी ७० प्रतिशत युवाले कोरोना महामारी सुरु भएपछि उनीहरुमा निन्द्रसँग जोडिएको समस्या आएको बताएका छन् । पुरुषको दाँजोमा महिलाले यो समस्या बढी भोगिरहेका छन् ।

संसारभरका स्लीप न्यूरोलोजिस्टले याे समस्यालाई ‘कोभिडसोम्निया’ नाम दिएका छन् । अमेरिकन एकाडेमी अफ न्यूरोलोजीका अनुसार, यसको पछाडि कोरोनाभाइरसबाट संक्रमित हुने डर, पारिवारिक सदस्य र नजिक रहेकाप्रति चिन्ता हुन् । 

कोरोनाको कारण तनाव बढिरहेको छ । यहि तनाव लम्बिँदा निन्द्रा बिग्रीरहेको छ र हामी त्यसको शिकार भइहरेका छौँ । ब्रिटेनमा भएको एक अध्ययनले लकडाउनको समयमा चीनमा इंसोम्नियाको दर १४.६ बाट २० प्रतिशत बढेको देखाएको छ । इटली र ग्रीसमा त ४० प्रतिशतसम्म पाइएको थियो ।

निन्द्रा नआउनु वा पटक-पटक निन्द्रा बिग्रनु, दिउसोको समय थकान महशुष हुनु या निन्द्रा आउनु, सुतेको समय पटक-पटक उठ्नु, वा ढिलो सुत्दापनि चाँडै निन्द्रा खुल्नु जस्ता लक्षण कोभिडसोम्नियाको हो ।

यो समस्याबाट बाहिर निस्कनको लागि चिकित्सकहरुले ४ स्टेचिंगको व्यायाम जस्तैः सुतेर खुट्टा माथि गर्ने, खुट्टा उल्ट्याएर हात अगाडि बढाउने र श्वास रोक्ने, बसेर हातले खुट्टको औलतिर लैजाने र मुन्टो तल झुकाउने, र कुनै कुर्सीको सहारामा हात लिने र घुँडा टेकि तल हेर्ने; साथै दिउसो २ बजेपछि चिया वा कफी कम पिउने सल्लाह दिएका छन् । मोबाइल, टिभी, कम्प्यूटरलाई कम गर्ने, बेडरुमको तापक्रम १६ देख १९ डिग्रीबीच हुनुपर्ने उनीहरूले बताएका छन् । 

र अर्को कुरा, निन्द्रा नआउँदा हार्ट अट्याकको खतरा बढ्न सक्छ, मोटोपना झनै बढ्न सक्छ र टाइप २ डायबिटीजलाई थप नोक्सानी पुर्याउनसक्ने कुरालाई नजरअन्दान नगर्न चिकित्सक सुझाउँछन् ।

गाउँ सहर डेस्क

तपाईँको मत