बदलिँदो राजनीतिक घटनाक्रमसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने लहर बढ्दो
- गाउँ सहर संवाददाता
- १५ चैत आइतबार, २०७७ | १८:२९:०० मा प्रकाशित
पाँचथर । बदलिँदो राजनीतिक घटनाक्रमसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने लहर बढ्दो छ । यसै क्रममा माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रवेश गर्ने युवाहरुलाई पार्टी नेता सगुन सुन्दर लावतीले स्वागत गरेका छन् ।
‘हिजो जे जस्तो भनिए पनि, निष्पक्ष राष्ट्रप्रमुख र अभिभावकको भूमिकामा नेपाली जनताले राजसंस्था र सनातन हिन्दुराष्ट्रको माग गरेका छन् । नयाँ नेपालको नारा र बाचाले लक्षित परिवर्तन र समृद्धि प्राप्त गर्न सकेन, समावेशी संरचना र पहिचान स्थापित गर्न सकेन, त्यसैले जनताले विकल्प खोजेका छन्,’ नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने ।
‘परिवर्तनका संवाहक हौं भन्ने दल र पात्रहरुले जनतालाई भन्ने केही बाँकि रहेन । यसकारण देश र राजनीति नयाँ शिराबाट अघि बढ्नु आवश्यक भएको हो,’ नेता लावतीले भने ।
मिक्लाजुङ–१, सराङडाँडामा सम्पन्न राप्रपा वडा भेलामा माओवादी पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा अबीरमान राई, हर्क चाम्लिङ, देउकुमार चाम्लिङ, जीतबोल राई लगायत १५ जना थिए ।
वडा भेलालाई सम्बोधन गर्दै राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले पार्टीको महाधिवेशनबाट प्राप्त हुने नेतृत्वले देश र जनताको समस्या सम्बोधन गर्ने दावी गरे । राप्रपा पाँचथरका जिल्ला सचिव कमल कुमार राईले भने, राप्रपा जनताको पार्टी हो, यही रुपमा अघि बढीरहने छ । भेलाका सहभागीहरुले स्वर्गीय नेता पद्मसुन्दर लावतीको पदचिन्हमा जनताको सेवामा निरन्तर अग्रसर हुनु पर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस