विश्वभर काेराेना संक्रमित भइरहेका बिरामीमध्ये ९९.६ प्रतिशतकाे अवस्था सामान्य, ०.४ प्रतिशत भने गम्भीर
- गाउँ सहर संवाददाता
- १५ चैत आइतबार, २०७७ | १०:२०:०० मा प्रकाशित
काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १९ लाख ३२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड २५ लाख ७१ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड ७२ लाख ९४ हजार नाघेको छ भने मृतकको संख्या २७ लाख ७९ हजार ७१० जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९३ हजार २८४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ९ लाख १७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ६२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ३३ लाख ४८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७० लाख ६ हजार जनामा भाइरस सक्रिय छ ।
दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड २४ लाख ९० हजार जना संक्रमितमध्ये १ कराेड ८ लाख ७९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख १० हजारभन्दा बढी छन् । हाल १३ लाख जनामा काेराेना भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १९ लाख ७१ हजार ६२४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६१ हजार ५८६ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १३ लाख २३ हजार ७६२ जना निको भएका छन् । सक्रिय केस ४ लाख ८६ हजार २७६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ७६ हजार ७५० जना पुगेका छन् भने २ लाख ७२ हजार ४३५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार २७ पुगेको छ भने १ हजार २८८ जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस