खेल

एक गाेल पनि नगरि नेपाल त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकाे फाइनलमा

काठमाडाैं । नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्याे पनि एक गाेल नगरि फाइनलसम्मकाे यात्रा । नेपाल इतिहासमा पहिलो पटक कुनैपनि गोल नगरी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल गर्नबाट चुके । चिरप्रतिद्वन्द्वी बंगलादेशविरुद्ध नेपालले केहि राम्रा मौका पाएको थियो । जसमा नेपाली टिम गोल गर्न चुक्न पुग्यो ।

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०–० खेलेको हो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । आफ्नो दुबै खेलमा अंक बाँडेको नेपालले दुई खेलबाट दुई अंक जोडेको छ । किर्गिस्तानसँग जितेर पुरा तीन अंक बटुलेको बङ्गलादेशले भने नेपालसँग बराबरी खेल्दै अंक बाँड्दै चार अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा हार र दोस्रोमा नेपालसँग बराबरी खेलेको किर्गिस्तानले एक अंकमा सस्मित हुँदै त्रिदेशीय प्रतियोगिताको पुछारमा रहन बाध्य भयो ।

अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत