दिगोविकास

अबको राजनीति जतासुकै गएपनि सरकारलाई दिएको समर्थन केही दिनमा फिर्ता हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन एक–दुई दिनमै फिर्ता लिने बताएका छन् ।

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताएका हुन् ।

अहिलेको राजनीतिक सङ्कटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस् र सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको उनको भनाइ छ ।

केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गए पनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने प्रचण्डले बताए ।

उनले भने, ‘हामीलाई हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुबाट हत्त र पत्त समर्थन फिर्ता नलिग् है भनेर जबरजस्त दबाब छ ममाथि । हत्त र पत्त समर्थन फिर्ता लिइस् भने झन उल्टो पर्छ है भन्ने छ। मैले भनिराखेको छु नैतिक र राजनीतिक ढङ्गले म अब धेरै दिन पर्खिन सक्दिनँ । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु त्यसलाई मैले समर्थन गर्न सक्दिनँ चाहे राजनीति जतासुकै जाओस् ।’

 

प्रचण्डले थपे, ‘मैले भनिराखेको छु, नैतिक र राजनीतिक ढङ्गले म अब धेरै दिन पर्खिन सक्दिनँ । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई मैले समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस्, मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

अहिलेको राजनीतिक संकटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस् अनि सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको प्रचण्डले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत