वातावरण

आइतबारकाे माैसम, कतै सामान्य बदली त कतै फाटफुट/हल्का वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान शाखाका अनुसार चैत १५ गते (आइतबार) कतै सामान्य बदली त कतै फाटफुट/हल्का वर्षाकाे सम्भावना रहेकाे छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत