डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा
- गाउँ सहर संवाददाता
- १३ चैत शुक्रबार, २०७७ | १६:१०:०० मा प्रकाशित
काठमाडाैँ । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा 10mbps इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।
डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईबरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक रिचार्जमा सोही अवधिको लागि 10mbps स्पीडको ईन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा DishHome GO भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै VOD मार्फत नयाँनयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् । DishHomeGOWEB मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै XVOD मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।
नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेट लगायत DishHome GO, DishHome GO WEB / XVOD उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।
डिशहोम फाईबरनेटले हाल बजार 10mbps /25mbps/ 40mbps का प्याकेजहरु उपलब्ध गराएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस