स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, थपिए १५६ कोरोना संक्रमित, ७० ले गरे स्वास्थ्य लाभ

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ रहेको छ । योसहित कुल मृतकको संख्या ३,०२४ पुगेको छ ।

नयाँ १५६ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या २,७६,६६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या ७० छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २,७२,३४२ पुगेको छ ।

आजसम्म पिसिआर टेस्ट गर्नेको संख्या २२,५६,३०० पुगेको छ । अहिले देशभरका आइसोलेशनमा १,२९९ र क्वारेन्टाइनमा रहनेको संख्या ५२ छ ।

देशमा सक्रिय संक्रमितको संख्या १,२९९ रहेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत