अर्थतन्त्र

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवार स्थानिय बजारमा पहेंलो धातु सुनको भाउ रू. ६०० ले घटेकोे हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ३०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ९०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ६०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८५ हजार ८५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ४५० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने स्थिर रहेको छ । बिहीवार प्रतितोला रू. एक हजार २३० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत