ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल-खनाल पक्षको छुट्टै केन्द्रीय कमिटी बस्दै
- गाउँ सहर संवाददाता
- १३ चैत शुक्रबार, २०७७ | ०८:२६:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ । पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओली पक्षले राखेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गरेका नेपाल–खनाल पक्षले अलग्गै बैठक बोलाएको हो । सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेकपा अवैधानिक भन्दै पहिलेकै एमाले र माओवादी केन्द्र कायम गर्ने फैसला गरेपछि एमालेमा तीव्र विवाद सुरु भएको छ । नेपाल– खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् । यो निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ। यो समूहलेपार्टीमा समानान्तर कमिटी गठन गरिरहेको छ ।
यसै बीच प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा नेपाल–खनाल पक्षका सांसद उपस्थित हुने रनहुने टुङ्गो लागेको छैन । वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस