गाउँ सहर

स्वास्थ्य मापदण्ड पालना गराउन रामेछाप जिल्ला प्रशासनले निम्न विषयमा लगायाे राेक

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले स्वास्थ्य मापदण्ड पालना गर्न विभिन्न क्रियाकलाप गर्न राेक लगाएकाे छ । 

जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र रामेछापको पदाधिकारी सहित सरोकारवाला पक्षसँग भएको बैठकले छिमेकी देश भारतमा थप कोरोना संक्रमण अहिले बढदै गएकाले जिल्लाभित्र थप सुरक्षा सतर्कता अपनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रशासन कार्यालयले जिल्लाभित्र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले नागरिकहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

सभा सम्मेलन लगायतका भिडभाड हुने गतिविधि नगर्न आग्रह गर्दै प्रशासनले मास्क नलगाउनेलाई संक्रमण रोग ऐन अन्तर्गत कारवाही गर्ने चेतावनी दिएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूद्धारा जारी विज्ञप्तीमा भनिएको छ, "जिल्लाभित्र कोरोना संक्रमणलाई मध्यनजर गरी सभा जुलुस र्याली, भेला जमघट गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने कार्य नगर्नुहोला ।"

 

गाउँ सहर संवाददाता

तपाईँको मत