खेल

गाेलरहित बराबरीमा नेपाल र किर्गिस्तान, दुवैकाे फाइनल पुग्ने सम्भावना

काठमाडाैं । त्रिदेशीय फुटबल प्रतियाेगितअन्तर्गत बिहीवार नेपाल र किर्गिस्तानबीच भएकाे खेल बराबरीमा सकिएकाे छ ।

बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडेका छन् । 

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले उत्कृष्ट माैका बनाउँदा पनि गाेल भने गर्न सकेन । किर्गिस्तानकाे टाेली दश खेलाडीमा सीमित भए पनि नेपालले माैकाकाे फाइदा उठाउन सकेन ।

खेलकाे ६६ औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिभ कामाेलिदिनले नेपाली खेलाडी अभिषेक रिजाललाई लडाएपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउँदै उनलाई मैदानबाहिरकाे बाटाे देखाएका थिए ।  

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।

यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ ।

नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेशको १ खेलमा ३ अंक रहेको छ ।

उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तस्बिर-एन्फा

गाउँ सहर संवाददाता

तपाईँको मत