गाउँ सहर

सरकारी निकायका यी दुई विज्ञप्तिले के संकेत गर्छ ?

काठमाडौँ । बिहीबार सरकारका दुई निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरेका छन् ।

जारी विज्ञप्तिमा कोभिड-१९ को विश्वमा बढ्दाे संक्रमण र त्यसबाट हुने जोखिम समेत बढेर जाने सम्भावना देखिएको बताइएको छ ।

विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलपमा पर्नसक्ने प्रतिकुल असर शिक्षा मन्त्रालयले इंगित गरेको छ भने स्वास्थ्य मन्त्रालयले सीमाको कुरा उठाउँदै बढ्नसक्ने जोखिमलाई दोहोर्याएको छ ।

यी दुई विज्ञप्तिले देश संक्रमण जोखिमबाट गुज्रिरहेको अनुमान सहजै गर्न सकिन्छ । छिमेकी देशको प्रभावसँगै सबै क्षेत्र खुलिसकेको परिपेक्षमा सुरक्षाका कुनैपनि उपाय प्रयोगमा कमी नगर्नुपर्ने तर्फ इंगित गर्दछ ।

उता अधिकांशत गाउँपालिका र नगरपालिकाले पनि सूचना निकालेर सावधानीका अनेकन उपायलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नगराउन भनिसकेको छ । यसरी हेर्दा कोरोनाको दोस्रो स्ट्रेन र नेपालमा जोखिम बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत