साताको अन्तिम दिन नेप्से, साढे ६ अर्बको कारोबार
- गाउँ सहर संवाददाता
- १२ चैत बिहीबार, २०७७ | १७:१७:०० मा प्रकाशित
काठमाडौंँ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २ हजार ५४८ दशमलव ९६ विन्दुमा बन्द भएको छ ।
बुधबारको तुलनामा परिसूचक शून्य दशमलव ८३ प्रतिशत अर्थात् २१ दशमलव २९ अंक तल झरेको हो । बुधबार १ दशमलव ६३ प्रतिशतले बढेर २ हजार ५७० दशमलव २५ बिन्दुमा बन्द भएको बजार बिहीबार २ हजार ५८४ दशमलव ७९ विन्दुदेखि खुला भएको थियो ।
यो दिन २ हजार ५९५ विन्दुसम्म पुगेर बजार तल झरेको हो । बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ६४ अंक घटेर ४५० दशमलव ३१ विन्दुमा बन्द भएको छ ।
बुधबारको तुलनामा नेप्सेपरिसूचक सँगै कारोबार रकम पनि थोरै घटेको छ । बुधबार रू. ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर खरीदविक्री भएकोमा बिहीबार रू. ६ अर्ब ५० करोड ८ लाख ६ हजार बराबरको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर कारोबार भएको हो ।
यो कारोबार २०८ ओटा कम्पनीको ७४ हजार ६५८ पटकको व्यापारमा भएको हो ।
साढे ६ अर्बको कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको भएको छ । यस बैंकको रू. ९१ करोड ८ लाख ८० हजार बराबरको १४ लाख ८८ हजार ९० कित्ता शेयर कारोबार भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस