अर्थतन्त्र

ज्योति विकास बैंकद्वारा अमुवा बजारमा QR Code बाट भुक्तानी सेवाको सुरुवात

काठमाडाैँ । ज्योति विकास बैंकले यहि मिति २०७७ साल चैत्र १२ गते रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा QR Code कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दाबढी QR Code वितरण गरेको छ ।

बिहीबार आयोजित QR भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई QRCode हस्तान्तरण गरेका थिए । 

क्यु.आरकोड सेवा सुरुभएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्यु.आरकोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ ।

क्यु.आरकोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेकदिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने तथा सरल, सहज र सुरक्षित भुक्तानीलगायतका थुप्रै सुविधाहरु प्राप्त हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत