गाउँ सहर

कारबाहीको चेतावनीसहित काठमाडौं जिल्ला प्रशासनले निकाल्याे यस्ताे सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

प्रशासनले बुधबार विज्ञप्ति निकाल्दै कोभिड-१९को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

‘सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ,’ विज्ञप्ति भनिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरेर मनाउन आग्रह गरेको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी सूचना

गाउँ सहर संवाददाता

तपाईँको मत